विश्व

भारतमा चिसोको कारण ५९ जनाको मृत्यु



एजेन्सी, १४ पौष । २२ वर्षपछि अत्यधिक चिसो मापन गरिएको भारतमा चिसोका कारण मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

अधिकांश ठाउँमा न्यूनतम तापक्रम फ्रिजिङ पोइन्टभन्दा तल पुगेको छ भने ६ राज्यमा रेड अलर्ट जारी गरिएको छ । भारतीय सञ्चार माध्यमहरूले जनाए अनुसार त्यहाँकाे माैसम विभागले पञ्जाब, हरियाणा, दिल्ली, राजस्थान, उत्तर प्रदेश र बिहारमा रेड अलर्ट जारी गरेको हो ।

। दिल्लीमा लगातार ११ दिन चिसो भएको छ । चिसोले दिल्ली, नोएडा, गाजियाबाद र फरीदाबाद वरपरका क्षेत्रहरुमा बरफ जमेको छ । फाँटमा तापक्रम १६ डिग्री सेल्सियसबाट पनि तल झरेको छ । शनिबार दिल्लीको तापक्रम १.७ डिग्री सेल्सियस थियो ।