काठमाडौँ, १५ पौष । गृह मन्त्रालयले उखु किसानको बक्यौता नतिर्ने व्यापारीलाई पक्राउ गरि उद्योग मन्त्रालयमा उपस्थित गराउन प्रहरी प्रधान कार्यालयलाई पत्र काटेको छ ।
गृह मन्त्रालयले प्रहरी मुख्यालयलाई निर्देशन दिँदै बक्यौता नतिर्ने व्यापारीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाउन पत्राचार गरेको हो । कृषि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट प्राप्त पत्रका आधारमाश् प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाएको छ ।
तत्कालीन उद्योगमन्त्री मातृका यादवले गृह मन्त्रालयसँगको समन्वयमा पक्राउ गरेर ठगी मुद्दा चलाउने तयारी गरे पनि अन्तिम समयमा रोकिएको थियो । प्रहरीको खोजीमा उनीहरु फेला नपरेमा ठगी मुद्दामा अघि बढ्ने तयारीमा सरकार छ ।










प्रतिक्रिया दिनुहोस्