काठमाडौँ, १६ पौष । आज काठमाडौँ लगायत देशभर चिसो बढेको छ ।
आज देशका केही स्थानमा हिमपात र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का र मध्यम खालको हिमपात हुनेछ भने पहाड र तराईका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
नेपालमा यतिबेला पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेकाले देशभरी नै आंशिक तथा सामान्य बदली हुने महाशाखाले जनाएको छ । यसैगरी, राति देशभर सामान्य बदली हुनेछ । रातको समयमा उच्च पहाडी र हिमाली क्षेत्रमा सामान्य हिमपात हुनसक्ने र तराईका केही स्थानमा हल्का वर्षा हुन सक्ने पूर्वानुमानमा उल्लेख छ ।










प्रतिक्रिया दिनुहोस्