Banner News

बलियो लोकतन्त्रभित्रको मुख्य आधार स्वतन्त्र पत्रकारिता हो : मन्त्री बाँस्कोटा



काठमाडौँ, १७ पौष । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बलियो लोकतन्त्रभित्रको मुख्य आधार स्वतन्त्र पत्रकारिता रहेको बताएका छन  ।

आज धनगढीमा नेपाल पत्रकार महासङ्घ कैलाली शाखाको नवनिर्मित भवनको उद्घाटनमा बोल्दै मन्त्री बाँस्कोटाले स्वतन्त्र पत्रकारितालाई बलियो बनाउने मूलआधार आफ्नो स्रोतमा आफै आत्मनिर्भर रहनु पर्ने बताएका हुन ।

उनले भने, ‘आफ्नो व्यवसायप्रति आत्मनिर्भर भइयो भने मर्यादित ढङ्गले बाँच्ने आधार सिर्जना हुन्छ ।’ उनले समानुपातिक विज्ञापन नीतिले सञ्चारमाध्यमलाई सामानुपातिक विज्ञापन वितरण गर्ने जानकारी दिए ।