काठमाडौँ, १८ पौष । नेपालको सहरी क्षेत्रमा पछिल्लो समय अनौठो प्रजातिको कमिला देखिएको छ । रातो कमिलाजस्तै देखिने यो यहाँको भने होइन । यस्तो कमिला कहाँबाट कसरी नेपाल प्रवेश गर्यो भन्ने जानकारी कसैलाई छैन ।
यो कमिला केही समय अघि मात्र नेपाल प्रवेश गरेको नेपाल जडिबुटी उत्पादक संघका अध्यक्ष गोविन्द घिमिरेले बताएको छ । नेपालमा दुई किसिमका कमिला छन् । एउटा वनस्पतिलाई नोक्सान गर्ने र अर्को नगर्ने ।
नयाँ कमिलाले वनस्पतिलाई नोक्सान गरिरहेको घिमिरे बताउँछन् । ‘यो कमिला सहरी क्षेत्रका पक्की घरमा मात्र देखिएको छ। भर्खरै नेपाल भित्रिएको हुनसक्छ,’ उनी भन्छन्, ‘वनस्पतिका लागि यो खतरापूर्ण छ । यसले सागपातलगायत वनस्पति नोक्सान गरिरहेको हामीले भेट्टाएका छौँ ।’
विदेशबाट भित्रिने काठसँगै यो कमिला पनि नेपालसम्म आइपुगेको हुनसक्ने अध्यक्ष घिमिरेको अनुमान छ। यो समाचार अन्नपूणृपोष्टमा छ ।
प्रतिक्रिया दिनुहोस्