हामीले दिनहुँ पिउने कफी स्वास्थ्यका कफी मानव स्वास्थ्यका लागि फाइदाजनक छ । बिशेष गरि कफी कलेजोको सुरक्षा गर्न निकै महत्पूर्ण मानिन्छ ।
कफि पिउँदा हुने फाइदाहरु :
१. रक्सी(अल्कोहल)को सेवनबाट कलेजोमा हुने असरलाई कफीको दिनको दुईकप कफीले घटाउन मद्दत गर्छ ।
२. कफीको नियमित सेवनले ‘लिभर सिरोसीस’ हुने सम्भावना ४४ प्रतिशतले घटाउँछ ।
३. शारीरिक परिश्रम हुने खालको काम गरेपछि कफी पिउँदा दुखाई कम हुन्छ । द जर्नल अफ पेनमा प्रकाशित भएको अध्ययन अनुसार शारीरिक व्यायामपछि खाइने दुई कप कफीले व्यायामपछि हुने दुखाई ४८ प्रतिशतले कम गर्छ ।
३. एक कप कफीमा १.८ ग्राम फाइबर हुने जर्नल अफ एग्रिकल्चर एण्ड फुड केमेस्ट्रीले उल्लेख गरेको छ । एक व्यक्तिले दिनको २०–३८ ग्राम फाइबर लिनु पर्ने विज्ञले बताएका छन् ।
४. दिनको ६ कप वा त्यो भन्दा बढी कफी पिउने व्यक्तिमा डाइबिटिजको जोखिम २२ प्रतिशत कम हुन्छ ।
५. कफीमा हुने क्याफिनले अल्जाइमर रोगको जोखिम कम गर्ने केही अध्ययनहरुले देखाएका छन् ।
६. १० वर्षसम्म ८६ हजार भन्दा बढी महिलामा गरिएको अध्ययन अनुसार कफी पिउनेहरुमा आत्महत्याको जोखिम कम हुने देखिएको हो ।
७. कोरियामा भएको अनुसन्धानले कफीका कारण मुटु सम्बन्धी रोगको जोखिम कम हुने देखिएको छ । दिनको तीनदेखि पाँच कप कफी पिउनेमा मुटु सम्बन्धी रोगको जोखिम कम हुने देखिएको हो ।
प्रतिक्रिया दिनुहोस्