समाचार

सडक डिभिजन प्रमुखसहित तीन जना पक्राउ



सिरहा, १९ पौष । सिरहाको लहानस्थित सडक डिभिजन कार्यालयका प्रमुखसहित तीन जनालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

अख्तियारले कार्यालय प्रमुख बिनोद साह, इञ्जिनियर नविन साहसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । नविन साहको निवासमा छापा हानेको हो । सडक डिभिजन कार्यालयको निजी क्वाटरमा उनीहरुलाई पक्राउ गरिएको हो ।