विश्व

वायु सेना विमान दुर्घटना हुँदा चार सैनिकको मृत्यु



काठमाडौँ, १९ पौष । श्रीलंकामा वायु सेना विमान दुर्घटना हुँदा चार सैनिकको मृत्यु भएको श्रीलंकाका सैनिक अधिकारीले जनाएको छ ।

आज चार जना सवार रहेको विमान पहाडी इलाका हापुतेलमा दुर्घटना हुँदा चार सैनिकको मृत्यु भएको हो । चिनियाँ कम्पनीले बनाएको वाई-१२ को टर्बोप्रोप विमान विराविलाको दक्षिणी बेसबाट दक्षिण कोलोम्बो रत्नमालाका लागि उडेको थियो ।

उक्त विमान के कारणले दुर्घटना भएको हो भन्नेबारे नखुलेको सैनिक प्रवक्ता चान्दना विक्रमासिंघेले जनाएका छन् । उनले चार सैनिकको मृत्यु भएको पुष्टि गरेका हुन् ।