विश्व

आगो निभाउन अष्ट्रेलियामा थप तीन हजार सेना परिचालन



एजेन्सी,  २० पौष । अष्ट्रेलियामा भइरहेको आगलागी नियन्त्रण गर्न थप तीन हजार सैनिक परिचालन गरिने भएको छ ।

प्रधानमन्त्री स्कट मोरिसनले भने, ‘धेरै सुरक्षाकर्मीहरुलाई घटनास्थलमा परिचालन गर्ने निर्णय आज गरिएको छ, धेरै हवाई जहाज र पानी जहाजमा पनि सुरक्षाकर्मीहरु राखेर खटाउछौँ ।’

उनले तयारी अवस्थामा रहेको तीन हजार सैनिकलाई आगलागी नियन्त्रणका लागि बोलाई सकिएको पनि जानकारी दिए । झण्डै एक महिना अघिदेखि भइरहेको विनाशकारी आगलागी नियन्त्रण हुन नसकिरहेकाले उनीहरुलाई परिचालन गर्नु परेको प्रधानमन्त्री मोरिसनको भनाई छ ।

अहिले डढेलो ’नियन्त्रण बाहिर’ छ भने त्यस क्षेत्रको तापक्रम औसतमा ४० डिग्री सेल्सियस रहेको अधिकारीहरुले जनाएका छन् ।