Banner News

परराष्ट्रमन्त्री ज्ञवालीद्वारा अष्ट्रेलियाको आगजनीप्रति दुःख व्यक्त



काठमाडौँ, २२ पौष । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अष्ट्रेलियामा भीषण आगलागीका कारण पुगेको नोक्सानीप्रति गहिरो दुःख प्रकट गरेका छन् ।

आगलागीले मानवीय, जीवजन्तु तथा वनस्पतिमा पुगेको क्षतिमा दुःख व्यक्त गर्दै अष्ट्रेलियाका विदेश मन्त्री मरिस पायनेलाई सोमबार समवेदना सन्देश पठाएका हुन् ।

आगजनीले निम्त्याएको संकटबाट पार पाउन अष्ट्रेलिया सरकारले निर्धक्क काम गर्छ भन्नेमा आफू विश्वस्त रहेको मन्त्री ज्ञवालीले उल्लेख गरेका छन् ।