Banner News

गुठीको धर्म–संस्कृतीको संरक्षण सरकारले गर्छ : मन्त्री अर्याल



काठमाडौँ, २२ पौष । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गुठीको धर्म, संस्कृती, प्रथा, परम्पराको संरक्षण सरकारले गर्ने बताएकी छन ।

सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गुठी विधेयक सम्बन्धी सरोकारवाला गुठियार, गुठी विधेयक विरुद्धको संघर्ष समितिसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अर्यालले अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाहरूको प्रश्नको जवाफ दिँदै गुठी संस्थानले गुठीको संरक्षण गर्न नसकेको गुनासो चौतर्फी रुपमा आएपछि प्राधिकरण अगाडी बढाइएको बताएकी हुन ।

गुठीलाई राम्रो बनाउनका निम्ती मन्त्रलयले सरोकारवालाबीचमा छलफल गरेको भन्दै देशभर विभिन्न प्रकृतिको गुठी रहेकाले एकै विधिले सबै गुठीको समस्या एकै तरिकाले नहुने बताइन ।

उनले भनिन, ‘देशभर फरक-फरक प्रकृतिका गुठी छन् । एउटै विधिले सबै गुठीको समस्या समाधान हुन सक्दैनु, ‘गुठीको मर्म, भावनालाई संरक्षण गर्नका निम्ती तपाइहरूकै सुझावअनुसार प्राधिकरण अगाडी सारेका हौं ।’

उपत्यकाकै प्रमुख स्थानका बहुमूल्य जग्गा अतिक्रमण भएको खबर आएको भन्दै मन्त्री अर्यालले त्यसको छानबीन गरिरहेको समेत बताइन  ।