एजेन्सी, २३ पुस । इरानले अमेरिकी सैनिक क्याम्पमा मिसाइल हमला गरेको छ । इराकमा रहेका अमेरिकाका दुई वटा हवाई शिविरमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो ।
इरान र अमेरिका दुवैले एक दर्जनभन्दा बढी क्षेप्यास्त्र आक्रमण भएको पुष्टि गरेका छन् । इरानका सरकारी टिभीले सैनिक जर्नेल कासिम सुलेमानीको हत्याको प्रतिशोधमा आक्रमण गरेको जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा सुलेमानी बग्दाद विमानस्थलमा हवाई आक्रमणमा मारिएका थिए । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इब्रिल र अल असदको सैनिक शिविरमा आक्रमण भएको जनाएको छ ।
आक्रमणबाट भएको हताहतिको कुनै समाचार आएको छैन । इरानी सेनाले अमेरिका सैनिक शिविर रहेको सबै स्थानमा आक्रमण गर्ने चेतावनी दिएको छ ।










प्रतिक्रिया दिनुहोस्