समाचार

श्रीमानले हम्मरले हिर्काउँदा श्रीमतीको मृत्यु



बुटवल, २४ पौष । रुपन्देहीको सियारी गाउँपालिकाका एक श्रीमानले हम्मरले हिर्काउँदा श्रीमतीको मृत्यु भएको छ ।

रुपन्देही प्रहरीका अनुसार ३२ वर्षीय सनि कुमालले फलामको हम्मरले टाउको, अनुहार, छाती, पेटमा हिर्काएर ३० वर्षीया श्रीमती कान्छी सुवेदी भनिने चम्पा क्षेत्री कुमालको हत्या गरेको हो ।

मंगलबार बिहान ११ बजे सियारी गाउँपालिका १ स्थित सूर्यबहादुर कुँवरको घरस्थित डेरामा कान्छी कोठाभित्र मृत अवस्थामा फेला परेपछि प्रहरीमा खबर पुगेको थियो । प्रहरीले अभियुक्त सनिलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ ।