समाचार

भारतद्वारा प्रशोधित पाम आयल आयातमा रोक, नेपालको निर्यात प्रभावित हुने



काठमाडौँ, २४ पौष । भारतले प्रशोधित पाम आयल आयातमा रोका लगाउने निर्णय गरेको छ ।

भारतीय सरकारको वाणिज्य विभागले बुधबार एक परिपत्र जारी गर्दै गरेको यो निर्णयको प्रत्यक्ष असर नेपालबाट हुने पाम आयल निर्यात र यसमा संलग्न उद्यमीहरुलाई हुनेछ ।

भारत सरकारको पछिल्लो निर्णयले नेपालबाट हुने पाम आयलको निर्यातसँगै मुलुकको समग्र निर्यात पनि प्रभावित हुने देखिन्छ । अहिले नेपालको कूल निर्यातमा करिब २५ प्रतिशत हिस्सा यसले ओगटेको छ । यो समाचार आजको आर्थिक अभियानमा प्रकाशित छ ।