कास्की, २४ पौष । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जनता एवं कार्यकर्ताको चाहना र राष्ट्रिय आवश्यकताका आधारमा पार्टी एकीकरण भएको बताएका छन् ।
आज नेकपा कास्कीद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले बितेका कुराले कुनै पनि फाइदा नहुने तर त्यसबाट शिक्षा लिएर अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिँदै उनले मतमात्र होइन, मनसमेत मिलाउनुको विकल्प नरहेको बताए ।
मन्त्री पोखरेलले आगामी माघ १५ मा बस्ने पार्टीको केन्द्रीय कमिटीको बैठकले बाँकी काम टुङ्ग्याउने बताउदै उनले मुलुकमा लामो समयको अस्थिरताका कारण समृद्धि र विकासले अपेक्षित गति लिन नसकेको वास्तविकतामा बनेको वर्तमान स्थिर सरकारले दीर्घकालीन सोचका साथ काम अगाडि बढाइरहेको स्पष्ट पारे ।
मन्त्री पोखरेलले ट्रष्टको विद्यमान नीति नियमअनुसार यसको सम्पत्ति, शिक्षा, स्वास्थ्य, पर्यटन र व्यवसाय अभिवृद्धिमा उपयोग गरिने व्यवस्था रहेकाले अन्य प्रयोजनका लागि नदिइने स्पष्ट पारे । ट्रष्टमा हालसम्म २१ हजार ५०० रोपनी जग्गा र रु एक अर्बभन्दा बढी र शेयरसमेत रहेको जानकारी दिँदै उनले पोखराका रत्नमन्दिर, हिमागृहजस्ता सम्पदा प्रदेश सरकारसँग समन्वय गर्दै बृहत् हितमा उपयोग गरिने तयारी भइरहेको बताए ।










प्रतिक्रिया दिनुहोस्