राजनीति

प्रदेश २ को प्रदेशसभा बैठक स्थगित



जनकपुरधाम, २४ पौष । प्रदेश २ को प्रदेशसभाको आज बोलाएको बैठक बस्दै नबसी स्थगित भएको  छ ।

बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।

उनका अनुसार अब बैठक पुस २८ गते मंगलबार दिउँसो १ बजे निर्धारण गरिएको छ । यसअघि पुस १७ गते तोकिएको बैठक पनि बस्दै नबसी स्थगित भएको थियो ।

प्रदेशसभा बैठक बस्न नसक्दा प्रदेशको नामांकरण र स्थायी राजधानीको प्रस्ताव पनि अन्यौलमा परेको छ । प्रदेशसभामा एक दर्जन भन्दा बढी विधेयकहरु पेश भए पनि छलफल अगाडि बढ्न नसकेको प्रदेशसभा सचिवालयले जनाएको छ ।