सल्यान, २४ पौष । सल्यानमा बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ ।
बिहीबार बिहान बनगार कुपिण्डे नगरपालिका-११ मा भे १ ख २५७३ नम्बरको काक्रेबिहारको फोर्स यात्रुवाहक बस दुर्घटनामा परेको सल्यान प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई उपचारको लागि सुर्खेतको मेहलकुना पठाइएको छ । बस सडकबाट करिब २ सय मीटर तल खसेको प्रहरीले जनाएको छ।










प्रतिक्रिया दिनुहोस्