पाँचथर, २४ पौष । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले समयसीमाभित्र काम सम्पन्न नगर्ने ठेकेदारलाई कारवाही गरिने बताएका छन् ।
आज पाँचथरको फिदिममा भएको आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री नेम्वाङले संशोधित सार्वजनिक खरीद नियमावलीअनुसार काम नगरे निर्माण व्यवसायीलाई कारवाही गरिने बताएका हुन् ।
उनले भने, ‘ठेकेदारहरु सुध्रिने मौका दिनेगरी सरकारले नियमावलीको संशोधन गरेको हो । अगामी दिनमा समयसीमाभित्र काम सम्पन्न नगर्ने ठेकेदारलाई कारवाही गरिने छ ।’
मन्त्री नेम्वाङले रुग्ण आयोजनाहरुको छिटो निर्माणका सम्पन्न गर्न सरकारले उच्च प्राथमिकता दिएको जानकारी दिदै उनले भने, ‘ठूला ‘समयमा बजेट निकासा नहुने, स्थानीयस्तरमा अवरोध हुनेजस्ता समस्या समाधानका लागी मन्त्रालयले विशेष ध्यान दिएको छ ।’










प्रतिक्रिया दिनुहोस्