काठमाडौँ, २५ पौष । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद सम्बन्धमा संसदका २ वटा समितिले राखेको चासोलाई सरकारले सहयोग गर्ने बताएका छन् ।
नेपाल सरकारका प्रवक्ता बाँस्कोटाले लेखा समिति र अर्थ समितिले सेक्युरिटी प्रेस खरिद प्रक्रियामा कुनै गडबड छ कि भनेर छानबिन वा अध्ययनका लागि कागजपत्र माग गरेको बताए ।
उनले भने, ‘२ वटा समितिले उठाएको चासोलाई सम्मान गर्नुपर्छ । कागजपत्र अध्ययन गरेर छिटो निकास दिनुस् । यसले सरकारका कामकारबाहीमा सहयोग नै पुग्दछ ।’ यो समाचार आजको गोरखापत्र दैनिकमा खबर छ ।










प्रतिक्रिया दिनुहोस्