काठमाडौँ, २५ पौष । आज पनि काठमाडौँ लगायत देशभर चिसो बढेको छ ।
आज शुक्रबार देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रहने छ भने बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले जारी गरेको सूचना अनुसार मध्य र पूर्वी पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । काठमाडौँ उपत्यकामा अहिले बिहानको न्यूनतम तापक्रम ६.९ डिग्री सेल्सियस रहेको छ ।










प्रतिक्रिया दिनुहोस्