समाचार

सुतिरहेका बेला घरमै झ्यालबाट छिरेर बलात्कार



पाँचथर, २५ पौष । जिल्लाको मिक्लाजुङ गाउँपालिकामा एक किशोरी बलात्कृत भएकी छिन् ।

गत पुस १९ गते ओछ्यानमा सुतिरहेका बेला घरमै गएर झ्यालबाट छिरेर सोही गाउँपालिका–४ का स्थानीय ५७ वर्षीय कृष्णबहादुर गहतराजले बलात्कार गरेको पीडित किशोरीले बताएकी छिन् ।

गहतराजलाई पुस २१ गते पक्राउ गरी यौन दुव्र्यवहारमा मुद्दा दर्ता गरी अदालतबाट म्याद थपिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पीडित किशोरीको अहिले जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ ।