एजेन्सी, २५ पौष । राजपरिवारको वरिष्ठ सदस्यको पद त्यागेको घोषणा गरेलगत्तै डचेज अफ ससेक्स क्यानडा फिर्ता भएकी छिन् ।
बीबीसीका अनुसार राजपरिवारको जिम्मेवारी त्याग गरेको विषयमा छलफलका लागि ड्युक अफ ससेक्स बेलायतमा नै बसेको डेलीमेलले बताएको छ ।
मेगन र ह्यारीले राजपरिवारको जिम्मेवारी परित्याग गरेको घोषणा गरेलगत्तै रानी, प्रिन्स अफ वेल्स र ड्युक अफ क्याम्ब्रिजले आफ्ना कर्मचारीलाई उचित समाधानको खोजी गर्न अह्राएको बुझिएको छ । ड्युक र डचेज अफ ससेक्सले अचानक सार्वजनिक गरेको वक्तव्यका कारण राजपरिवारका सदस्य ‘दुःखी’ भएको बुझिएको छ ।
बीबीसीका संवाददाता निकोलस वित्चेलले दिएको जानकारी अनुसार रानीले बिहिबार प्रिन्स अफ वेल्स, चार्ल्स र ड्युक अफ क्याम्ब्रिज, प्रिन्स विलियम्ससँग यसबारे कुरा गरेकी छिन् ।
प्रतिक्रिया दिनुहोस्