समाचार

बानेश्वरबाट १३ जुवाडे पक्राउ



काठमाडौँ, २६ पौष । काठमाडौँ महानगरपालिका–३१ बानेश्वरबाट १३ जुवाडे पक्राउ परेका छन् ।

शुक्रबार बेलुका प्रहरीले बानेश्वरथित शम्भुकुमार श्रेष्ठको घरबाट जुवातास खेलिरहेको अवस्थामा १३ जनालाई नगद तीन लाख ७५ हजार ४ सय ९० रुपैयाँसहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।