काठमाडौँ, २७ पौष । राष्ट्रिय एकताका धरोहर पृथ्वीनारायण शाहको २९७ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
विक्रम सम्वत् १७७९ मा आजकै दिन अर्थात पौष २७ गते पिता राजा नरभूपाल शाह र माता कौशल्यावती देवीका प्रथम पुत्रको रुपमा पृथ्वीनारायण शाहको जन्म भएको थियो ।
राजा पृथ्वीनारायण शाहले आधुनिक नेपालको खाका कोरेकाले उनको जन्म जयन्तीको दिन राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ । राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाहले स–साना बाइसे र चौबिसे राज्यहरुमा छरिएको भू–भागलाई सिङ्गो नेपाल बनाएकाले उनको जन्म दिनमा राष्ट्रिय एकता मनाउन थालिएको हो ।
आज देशैभरि पृथ्वीनारायण शाहको योगदानको स्मरण गरिँदै छ । विगतमा सरकारले पृथ्वी जयन्तीमा दिइँदै आएको सार्वजनिक बिदा हाल सरकारले कटौती गरेको छ । तर केही प्रदेश र स्थानीय तहले भने आज सार्वजनिक बिदा समेत दिएका छन् ।










प्रतिक्रिया दिनुहोस्