Banner News

अब चीनका चार सामुद्रिक र तीन सुख्खा बन्दरगाह प्रयोग गर्ने नेपाललाई बाटो खुल्यो



काठमाडौ, २७ पौष । प्रधानमन्त्री ओलीको नेतृत्व सरकार आएसँगै नेपाल र चीनबीच भएको पारवहन सम्झौता कार्यान्वयनमा आएपछि अब नेपालले चिनियाँ बाटो हुँदै तेस्रो मुलुकसँग व्यापार गर्न नेपाललाई चीनका चार सामुद्रिक र तीन वटा सुख्खा बन्दरगाह प्रयोग गर्ने बाटो खुल्ला भएको छ ।

वाणिज्य सचिव डासचिव बैकुण्ठ अर्यालका अनुसार चीनको लियन्युंगा, सेन्जेन, तियान्जिन र झ्याङजियाङ गरी चार सामुद्रिक बन्दरगाह तथा लन्जाओ, ल्हासा र सिगात्से गरी तीन सुख्खा बन्दरगाह नेपालले प्रयोग गर्न सक्नेछ । यस्तै रसुवा र तातोपानी नाकासहितका ६ नाका व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न पनि बाटो खुलेको छ ।

हुम्लाको यारी सुंखवासभाको किमाथाङ्का, मुस्ताङको नेचुङ कोरलार ताप्लेजुङको ओलाङचुङगोला गरी ६ वटा नाकाबाट नेपालले चीनसंग ब्यापार गर्न सक्ने मन्त्रालयले जनाएको छ ।