सप्तरी, २९ पौष । सप्तरीको सुरुङ्गा नगरपालिका-१ का वडाध्यक्षको मृत्यु भएको छ ।
आइतबार राति घरमा सुतिरहेकै बेला ५५ वर्षीय अध्यक्ष मुक्ति कार्कीको मृत्यु भएको नगरपालिकाले जनाएको छ ।
उनको निधनको शोकमा सोमबार नगरपालिकाभित्रका सम्पूर्ण कार्यालयमा बिदा रहने नगरपालिका प्रमुख मुक्तिनाथ चौधरीले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्