काठमाडौँ, २९ पौष । अर्थमन्त्री डा. युवराज खतिवडाले निजगढ विमानस्थल, काठमाडौं–तराई द्रुतमार्ग र रेल्वे परियोजनामा बजेटको अभाव नहुने बताएका छन् ।
आज प्रस्तावित निगजढ विमानस्थल र जनकपुर–जयनगर रेल्वे परियोजनाको स्थलगत अनुगमनमा पुगेका मन्त्री खतिवडाले प्राविधिक काम सम्पन्न गर्न निर्देशन दिँदै स्रोतको व्यवस्थापन सरकारले गर्ने बताएका हुन् । उनले आयोजनापूर्वको तयारी सक्न र आयोजना सुरु भएपछि स्रोतको जिम्मा अर्थ मन्त्रालयले लिने उल्लेख गरे ।
उनले विमानस्थल निर्माण क्षेत्रको अवलोकन गर्दै वस्ती व्यवस्थापन, जग्गा अधिग्रहण, वन तथा रूखले चर्चेको क्षेत्रफलको जानकारीसमेत लिएका थिए ।
आजै रेल्वे आयोजनाको समेत अनुगमन गरेका उनले रेल छिट्टै सञ्चालनमा आउने आवश्वासन जनकपुरवासीलाई दिएका छन् ।










प्रतिक्रिया दिनुहोस्