काठमाडौँ, २ माघ । प्रहरीले विप्लव समूहका दुई जना नेतालाई ललितपुरबाट पक्राउ गरेको छ ।
दुवै जनालाई जिल्ला प्रहरी कार्यालय ललितपुरले विप्लव समूहका ललितपुर जिल्ला सचिव रमेश डंगोल र युवा भातृ संगठनका जिल्ला कार्यवाहक अध्यक्ष संजोग भनिने शान्तमान तामाङलाई पक्राउ गरेको हो ।
डंगोललाई अभद्र व्यवहारको कसुर अन्तरगत बुधबार म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको छ । तामाङको भने म्याद थप भइसकेको छैन ।
उनीहरुको अन्य घटनामा संलग्नताबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्