काठमाडौँ, ५ माघ । माघ नौ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि माघ ६ गते राति १२ बजेबाट मौनअवधि सुरु हुने भएको छ ।
निर्वाचन आयोगले यसअवधिमा आचारसंहिता पालना गर्न निर्देशन दिएको छ । मौनअवधि सुरु भएपछि प्रचार प्रसार गर्न पाइने छैन ।
आयोगले निर्वाचन आचार संहिता बमोजिम ४८ घण्टा अगाडि अर्थात भोलि २०७६ साल माघ ६ गते सोमबार राति १२ः०० बजे देखि मौन अवधि शुरु हुने भन्दै मौन अवधिमा कुनै पनि सञ्चार माध्यमबाट निर्वाचन प्रचार प्रसार कार्य गर्न गराउन नपाइने जनाएको छ ।
‘मौन अवधिमा आफ्ना वेभसाइट, ट्वीटर, फेसबुक, भाइवर वा एसएमएस जस्ता सामाजिक संजाल वा विद्युतीय माध्यमको प्रयोग गरी मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न निषेध गरिएको छ । मौन अवधिमा आचार संहिताको पूर्णपालना गर्न गराउन हुन आयोग सम्पूर्ण निर्वाचन सरोकारवालासँग अपिल गर्दछ’, आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्ने गराउने कार्यमा सहयोग पु¥याउन हुन सबै मतदाता, उम्मेदवार, राजनीतिकर्मी, निर्वाचनमा संलग्न कर्मचारी, समाजसेवी, पत्रकार, विभिन्न पेशा तथा व्यवसायमा संलग्न व्यक्ति लगायत आमनागरिकलाई निर्वाचन आयोग निर्देश गरेको छ ।










प्रतिक्रिया दिनुहोस्