समाचार

बलात्कारको आरोपमा एक जना पक्राउ



काठमाडौँ, ६ माघ । अश्लिल फोटो सामाजिक सञ्जालमा राखेर भाइरल बनाइदिने डरधम्की देखाउँदै बलात्कार गरेको आरोपमा मोरङको पथरीशनिश्चरेबाट एक जना युवक पक्राउ परेका छन् ।

विवाहीत एक महिलाको उजुरीपछि मोरङको पथरीशनिश्चरे नगरपालिका–७ का २५ वर्षीय रविन आचार्य पक्राउ परेका छन् । फेसबुक म्यासेन्जर मार्फत डरधम्की देखाउँदै पटक-पटक करणी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

आइतबार म्याद थप गरी उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।