राजनीति

कांग्रेसले सभामुखको नाम टुंगो लगाउदै



काठमाडौँ, ६ माघ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेले एक दुई दिनमा सभामुखको नाम दिने तयारी गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले संसद बैठक सुचारु भएपछि एक दुई दिनमै पार्टीको बैठक बसेर समामुखको उम्मेदवारी दिने जानकारी दिए ।कांग्रेस स्रोतका अनुसार पूर्वउपसभामुख चित्रलेखा यादव र सचेतक पुष्पा भुषालको नाम चर्चामा भएपनि भुषाल नै पार्टीमा सर्वसम्मत भएको बताइएको छ ।