समाचार

५ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा विकलाई १२ वर्ष कैद



तनहुँ, ६ माघ । जिल्ला अदालत तनहुँले जबर्जस्ती करणी मुद्दाका एक अभियुक्तलाई १२ वर्ष छ महिना कैद फैसला गरेको छ ।

आइतबार जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले सो मुद्दामा पक्राउ परेका गोरखा पालुङटार नगरपालिका-५ का कृष्णकुमार विकलाई सो कैद फैसला सुनाएको हो ।

गत असार १४ गते तनहुँको भानु नगरपालिका-३ तुरतेरस्थित पाँच वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा विकलाई कैद सजायसहित पीडितलाई रु एक लाख क्षतिपूर्ति दिलाउने फैसला भएको हो । पीडितलाई क्षतिपूर्तिबापतको जरिवाना अभियुक्तबाट नै भराउने अदालतको फैसला छ ।

प्रतिक्रिया दिनुहोस्