काठमाडौं, ६ माघ । संघीय संसद् सचिवालयले माघ १२ गते सभामुखको निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।
माघ ७ गते बिहान ११ बजेदेखि २ बजेसम्म सभामुखका लागि उमेदवारी दर्ता गर्ने समय दिइएको छ ।माघ १२ गते दिउँसो ३ बजे उमेदवारीको प्रस्तावलाई निर्णयार्थ पेस गर्ने कार्यसूची छ ।










