दैलेख, ७ माघ । दैलेखमा एक जना कर्मचारी मृत फेला परेका छन् ।
सोमबार बिहान भैरवी गाउँपालिका-४ मा रहेको भैरीकालिकाथुम स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगी ४२ वर्षीय कर्णबहादुर थापा मृत फेला परेका हुन् । १० बजे स्वास्थ्य चौकीमा आएर कार्यालयको काम गरी फर्किएका थापा घरमै मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
थापाले गलबन्दीको पासो लगाएको अवस्थामा शव फेला परेको र शव पोस्टमार्टमका लागि दुल्लु अस्पतालमा राखिएको प्र्रहरिले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्