विश्व

पक्राउ परेका एक आतंककारी भ्यानमा नअटाएपछि मिनी ट्रकमा



एजेन्सी, ७ माघ । इराकको मोसुलमा आतंककारी पक्राउ गर्न गएको स्वाटको टोली अलमलमा परेको छ ।

स्वाटको एक विशेष टोली आईएसमा संलग्न शिफा अल निमा (जब्बा द जिहादी) लाई पक्राउ गर्न गएको थियो । तर उनी तौल बढी भएका कारण हलचल गर्न सकिरहेका थिएनन् ।

एक अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार शिफाको तौल २५० किलो रहेको छ । उनलाई पक्राउ गरेर ल्याउन प्रहरीको भ्यान सानो भएपछि ट्रक बोलाइएको थियो । शिफाको फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

आईएसका शीर्ष नेताका अनुसार शिफा जिहादीविरुद्ध भाषण दिनको लागि चर्चित नेताको रुपमा चिनिन्छन् । बेलायती कार्यकर्ता मजीद नवाजका अनुसार शिफा आतंककारीहरुलाई तयार पार्ने कार्यमा पनि संलग्न रहँदै आएका थिए  ।