समाचार

आजको मौसम



काठमाडौँ, ७ माघ । आज नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावले देशको पश्चिमी भू–भागमा सामान्य बदली रहेको छ भने अन्य भू–भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी दिउँसो देशका अधिकांश भू–भागमा सामान्य बदली रहनेछ भने पश्चिमी  भेगका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । त्यस्तै मध्य र पश्चिमी उच्च हिमाली भेगमा हल्कादेखी मध्यम  हिमपातको सम्भावना रहेको छ।

राति भने देशका अधिकांश भू–भागमा  आंशिकदेखि सामान्य बदली रहनेछ ।