समाचार

एकै व्यक्तिले तीन जनालाई छुरा प्रहार



काठमाडौँ, ७ माघ । धरानमा एकै व्यक्तिले तीन जनालाई छुरा प्रहार गरी घाइते बनाएका छन् । आइतबार राति धरान-१९ फोक्लिनमा १९ वर्षीय अरविन राईले तीन जनालाई छुरा प्रहार गरेका हुन् ।

इलाका प्रहरी कार्यालय धरानको टोलीले धरान उपमहानगरपालिका-१७ का राईलाई छुरा प्रहार गरेर भाग्दै गर्दा पक्राउ गरेको छ । घाइते हुनेमा १९ वर्षीय जनम माझी, विशाल राई र अभिषेक बराइली रहेका छन् ।

घाइतेमध्ये जनम माझीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। अन्य दुई जना उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।