राजनीति

विप्लव समूहका जिल्ला सेक्रेटरी पक्राउ



काठमाडौँ, ७ माघ । प्रहरीले विप्लव समूहका एक जना नेतालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी कुमारविक्रम थापाका अनुसार नयाँ थिमिमा स्थानीय व्यापारीलाई धम्क्याएर चन्दा असुली गरेर हिँडिरहेको सूचनाको आधारमा सिन्धुपाल्चोक मेलम्ची–९ का ४४ वर्षीय भुवनसिंह तामाङलाई पक्राउ गरिएको हो ।

थापाका अनुसार तामाङ सिन्धुपाल्चोकका जिल्ला सेक्रेटरी हुन् । उनीमाथि अभद्र व्यवहार सम्बन्धी कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको जनाइएको छ ।