समाचार

धादिङमा ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु



धादिङ, ८ माघ । धादिङको निलकण्ठ नगरपालिका-८ मा मिनी ट्रक दुर्घटना  हुदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत भएको छैन ।

धादिङको ज्वालामुखी गाउँपालिका-४ मा रहेको ढोला मण्डलीमाईको दर्शन गरेर फर्किएका दर्शनार्थी चढेको ग१ख १२८० नम्बरको मिनी ट्रक दुर्घटना भएको हो ।

मिनी ट्रकमा ढोला मण्डलीमाईको दर्शन गर्न गएका निलकण्ठ नगरपालिका-२ भुलभुलेका बासिन्दा चढेको प्रहरीले बताएको छ ।