Banner News

नेपाल र चीन सम्बन्ध प्राचिन कालदेखि अटुट : मन्त्री थापा



काठमाडौँ, ८ माघ । गृहमन्त्री रामबहादुर थापाले नेपाल र चीनको सम्बन्ध प्राचिन कालदेखि अटुट रहेको बताएका छ ।

आज चिनियाँ नयाँ वर्ष वसन्तोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा मन्त्री थापाले प्राकृतिक रुपमा मात्रै नभएर साँस्कृतिक र सामाजिक रुपमा पनि जोडिएको बताएका हुन् ।

नेपालका तर्फबाट पनि समय समयमा उच्च पदस्थ व्यक्तिहरुको चीन भ्रमण हुने गरेको उल्लेख गर्दै थापाले नेपालको समृद्धिका लागि चीनले गरेको सहयोग प्रति धन्यवाद ज्ञापन गरे ।

चिनियाँ नयाँ वर्षको उपलक्षमा अरनिको समाजले आयोजना गरेको कार्यक्रममा चीनले साँस्कृतिक कार्यक्रम समेत गरेको छ ।