विश्व

रुसमा आवासीय भवनमा आगलागीमा परी ११ जनाको मृत्यु



काठमाडौँ, ८ माघ । रुसको तोमस्क क्षेत्रको एक आवासीय भवनमा आगलागीमा परी कम्तीमा एघार जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

स्थानीय समयानुसार मङ्गलबार बिहान ७ बजे भएको यस घटनामा  एघार जनाको शव निकालिएको आपतकालीन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त आगलागीबाट अन्य दुई जना भाग्न सफल भएका थिए ।  आगलागीको कारण आपराधिक हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरेहको आपतकालीन मन्त्रालयले जनाएको छ ।