Banner News

भ्रष्टाचार र आर्थिक अनियमितता गर्ने कसैलाई छुट छैन : सशस्त्र आइजीपी खनाल



काठमाडौँ, ९ माघ । सशस्त्र प्रहरी बलका प्रमुख (आइजीपी) शैलेन्द्र खनालले संगठनमा नीतिगत भ्रष्टाचार र आर्थिक अनियमितता गर्ने कसैलाई छुट नहुने बताएका छन् ।

१९ औं सशस्त्र प्रहरी स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै आइजीपी  खनालले संगठनमा राम्रा काम गर्नेलाई उचित पुरस्कार दिने र भ्रष्ट आचरणका कर्मचारीलाई कडाभन्दा कडा कारवाही गर्ने गरिने नीति अनुरुप सबैलाई जिम्मेवार र जवाफदेही बन्न निर्देशन समेत दिएका छन् ।

खनालले संगठनको मूल्य, मान्यता र आचरण विरुद्धको काम गर्ने १२ सय ९७ जना कर्मचारीलाई कारावही गरिएको समेत जानकारी दिए ।उक्त अवसरमा संगठनभित्र उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।