काठमाडौँ, ११ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोनाम ल्होछारका अवसरमा स्वदेश तथा विदेशमा रहेका दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि एंव उत्तररोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।
तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउँदै आएको सोनाम ल्होछारको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले हरेक वर्ष माघ शुक्लपक्ष प्रतिपदाका दिन नयाँ वर्षारम्भका रुपमा तामाङ समुदायले मनाउने सोनाम ल्होछारले उक्त समुदायको परम्परागत संस्कृतिको संरक्षण र संवद्र्धनमा महत्पूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्