समाचार

मोरङमा बम विस्फोट



मोरङ, ११ माघ । मोरङको केराबारी गाउँपालिका कार्यालयमा अज्ञात समूहले बम विस्फोट गराएको छ ।

गएराति १० बजे अज्ञात समूहले केराबारी गाउँपालिका–१० मा रहेको गाउँपालिका कार्यालयमा बम विस्फोट भएको बम विस्फोट गराएको सोही गाउँपालिकाका अध्यक्ष रोहित कार्कीले जानकारी दिएका छन ।

जिल्ला प्रहरी कार्यालय, मोरङका डीएसपी लोकदर्शन थापाका अनुसार, विस्फोटबाट कार्यालयका कोठासँगै छिमेकका घरमासमेत क्षति पुगेको छ ।

त्यस्तै, गाउँपालिका कार्यालयनजिकै बम भेटिएको र उक्त बम भने नेपाली सेनाको बम डिस्पोजल टोलीले शनिबार बिहान डिस्पोज गरेको प्रहरीले जनाएको छ ।