समाचार

काठमाडौँबाट ५ जुवाडे पक्राउ



काठमाडौँ, १२ माघ । काठमाडौँको नागर्जुन नगरपालिका–२ नाम्गेल चोकबाट ५ जुवाडे पक्राउ परेका छन् ।

शुक्रबार राति महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले खोटाङ रुपाकोट घर भएका ३६ वर्षीय बम बहादुर बुढाथोकीको शान्ता खाजा घरबाट जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको साथबाट नगद ३० हजार ६ सय रुपैयाँ र १ बुक ताससहित उनीहरुलाई पक्राउ गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।