काठमाडौँ, १३ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालमा कोरोना भाइरसको भयावह अवस्था नहरेको बताएका छन् ।
आज मन्त्रालयले पर्यटन र हवाई उद्योग संघसँग सम्बन्धित सरोकारवाला निकायसँग कोरोना भाइरसको प्रकोप र नेपालको तयारीबारे छलफल गरेको छ । उक्त छलफलमा मन्त्री भट्टराईले नेपाल प्रकोपमा रहेको सन्देश नजाने तर पूर्ण तयारीमा रहेको सन्देश भने प्रवाह गर्न आग्रह गर्दै विमानस्थल र सीमा नाकामा हुने चेकजाँचमा अत्याधुनिक उपकरण थप्न विमानस्थल तथा अन्य सरोकारवालालाई निर्देशन समेत दिए ।
होटलहरुले बिरामी भेट्नासाथ अस्पताल पठाएर सहयोग गर्नुपर्ने उनले बताए । चीनबाट आउने जहाजलाई अन्य यात्रुसँग सम्पर्क नहुने गरी व्यवस्थापन गर्न उनले विमानस्थललाई निर्देशन दिए ।










प्रतिक्रिया दिनुहोस्