समाचार

पानीमा डुबेर एक बालकको मृत्यु



कैलाली, १३ माघ । कैलालीमा खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

सोमबार घोडाघोडी नगरपालिका वडा नम्बर ७ बस्ने पंकज चौधरीका सात महिनाको नाबालक छोरा आरम्भ चौधरी घर नजिकैको खाल्डोमा जमेको पानीमा डुबेर घाइते भएका थिए ।

 उनको उपचारको क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।