राजनीति

प्रधानमन्त्री ओलीद्वारा ‘नेपाली पोर्ट’को शुभारम्भ



काठमाडौँ, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको एक्स रुमबाट नेपाली पोर्टको शुभारम्भ गरेका छन ।

आज प्रधानमन्त्री ओलीले गरेसँगै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसहित १२ अध्यागमन नाकामा बायोमेट्रिक्ससहितको सफ्टवेयर प्रणाली कार्यान्वयनमा आएको छ ।

उक्त अवसरमा प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमै विदेशीहरुको नेपाल आगमन, बसाई र प्रस्थानलाई सरल, सुरक्षित र सूचना प्रणालिमा आधारित बनाउन नेपाल पोर्ट प्रणालिको शुरुवात गरिएको बताए ।

प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा प्राप्तिका लागि आर्थिक, सामाजिक र प्राविधिक विकासमा सरकार कार्ययोजनाका साथ अघि बढेको उल्लेख गरेका छन ।

प्रधानमन्त्री ओलीले सन २०२० लाई भ्रमण वर्षको रुपमा मनाउने, पर्यटन उद्योगको विकाससँग सगै लगानी तथा रोजगारी प्रवद्र्धन गरी दीगो आर्थिक विकास हासिल गर्ने कार्ययोजना अघि सारेको र वि.स २१०० सम्ममा उच्च मध्यम आय भएको स्वाधिन अर्थतन्त्रका रुपमा मुलुकलाई विकास गर्न लगानी बिस्तार गरिएको बताए ।