समाचार

चितुवाको छालासहित दुई जना पक्राउ



दाङ, १४ माघ । दाङबाट चितुवाको छालासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले दंगिशरण गाउँपालिका १ का चेतबहादुर पुन र २४ वर्षीय सौगात घर्तिलाई  चितुवाको छालासहित पक्राउ गरेको हो ।

उनीहरुले बोकेको झोला जाँच गर्दा झोलाभित्र प्लास्टिकको बोरामा लुकाइ राखेको टाउको (बङ्गारा) देखि पुच्छरसम्मको पूरै भाग भएको चितुवाको छाला भेटिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।