Banner News

नेकपाको केन्द्रीय कमिटिको दोस्रो बैठक राष्ट्रिय सभागृहमा शुरु (LIVE)



काठमाडौँ, १५ माघ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक राजधानीमा सुरु भएको छ ।

राष्ट्रियसभा गृहमा बुधबार बिहान नेकपा केन्द्रीय समिति बैठक सुरु भएको हो । बैठकको सुरुमै सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्धिमा लैजान सबै जुट्नुपर्ने बताएका छन् ।

उक्त बैठकमा सहभागिताका लागि अधिकांश केन्द्रीय सदस्य राष्ट्रियसभा गृहमा भेला भएका छन् । हाल नेकपा केन्द्रीय समिति ४ सय ४६ सदस्यीय छ ।

बैठकमा आजै अर्का अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्दैछन् । अध्यक्षले विभिन्न एजेन्डासहित पेस गर्ने प्रतिवेदन सदस्यलाई वितरण गरिने छ । वितरित प्रतिवेदनमाथि भने बिहीबारबाट मात्रै छलफल गर्ने तयारी नेकपाको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बुधबारबाट सुरु हुने केन्द्रीय समिति बैठकका एजेण्डासँगै नौ बुँदे कार्यविधिसमेत तय गरेको छ । नौ बुँदे कार्यविधिका आधारमा ६ दिन बस्ने केन्द्रीय समिति बैठक सञ्चालन हुनेछ ।  नेकपा स्रोतका अनुसार, बैठक आगामी माघ २२ गतेसम्म सञ्चालन हुनेछ ।